७ साउन, प्युठान । अविरलको वर्षासँगै आएको पहिरोले प्यूठानको फोप्ली गाविस वडा नं. ९ मा दुई घर बगाउँदा एक बालिका वेपत्ता भएकी छन् । तीन जना घाइते भएका छन् ।
स्थानीय ओविराम घर्ति र थमबहादुर घर्तिको घर पहिरोले बगाएको हो ।
पहिरोमा ओविरामको १२ वर्षीय छोरी बालमती वेपत्ता भएको प्यूठान प्रहरी प्रमुख डिएसपी रञ्जित सिंह राठौरले बताए । घटनमा ओविराम उनको श्रीमती र थमबहादुर घाइते भएका छन् ।
ओविरामको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । अर्काे एउटा घर जोखिममा रहेको छ । गएरातिदेखिको अविरल वर्षाका कारण जिल्लाका अधिकांस सडकहरु पहिरोले अवरुद्ध भएका छन् ।