Comments Add Comment

नाजिर भन्छन्-‘नम्रतासँग मेरो प्रेम छैन’

Namrata Shrestha & Najir Hussen (1)
अहिलेका चर्चित कलाकार हुन्, नाजिर हुसेन । चलचित्र ‘पुन्टे परेड’का डेब्यू नायकको हातमा अहिले चलचित्र नै चलचित्र छ । एकपछि अर्को ठूला ब्यानरमा काम गरिरहेका नाजिरलाई भविष्यको सुपरस्टार भन्नेहरु पनि छन् ।

उनै नाजिरले अभिनय गरेको चलचित्र ‘गाँठो’ भदौ ३१ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा नाजिरसँग नयाँ नायिका नम्रता श्रेष्ठले काम गरेकी छिन् । चलचित्रमा काम गरेसँगै नाजिर नम्रताविचको निकटतालाई प्रेम भन्नेहरु पनि धेरै छन् । नाजिर र नम्रताको सार्वजनिक कार्यक्रममा देखिएको सामिप्यताले पनि धेरैलाई प्रेमको रुपमा वुझ्न सजिलो भएको हुनसक्छ ।

तर, एक कार्यक्रममा भेटिएका नाजिरले आफूहरुविच प्रेम नभएको बताए । उनले भने-‘चलचित्रको वर्कशपका लागि हामी करिब २ महिनासँगै भयौ । यसपछि चलचित्रको छायांकनमा पनि एकसाथ नै भयौ । यसैले हामीविच बोन्डिङ बनेको हुनसक्छ । तर, यो प्रेम भने होइन ।’

नाजिरले नम्रतालाई राम्रो साथी भनेपनि सार्वजनिक कार्यक्रममा यी दुइले एक अर्कालाई गर्ने केयर साथीको भन्दा माथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment