+
+

मधेसी मोर्चाले खोज्यो माग सम्बोधनको सुनिश्चितता

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ७ गते १६:३५

upendra yadav

७ साउन, काठमाडौं । मधेसी मोर्चाले सरकारविरुद्धको अविश्वासको प्रस्तावमा कांग्रेस र माओवादीलाई निशर्त समर्थन गर्ने बताएको छ । तर, सरकार गठनमा भने सहयोग गर्ने नगर्ने निर्णय गर्नुअघि एजेण्डामा छलफल गर्नु पर्ने बताएको छ ।

मधेसी मोर्चाले शुक्रबार कांग्रेस र माओवादीका नेताहरुसँग संयुक्त छलफल गरेका थिए । कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलमा मधेसी मोर्चाका नेताहरुले अविश्वासको प्रस्तावमा निशर्त समर्थन गर्ने बताएका छन् ।

बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘सरकार निर्माणको प्रक्रियामा के हुने भन्नेबारे ठोस एजेण्डासहित छलफल हुनुपर्छ भन्नु भएको छ ।’

स्रोतका अनुसार बैठकमा मोर्चाका नेताहरुले आफूहरुको माग सम्बोधनको सुनिश्चितता खोजेका छन् । कांग्रेस र माओवादीका नेताहरुले आफूहरुबीच भएको सात बुँदे सम्झौतामै आन्दोलनरत मधेसी मोर्चा लगायतका दललाई सहमतिमा ल्याउने उल्लेख भएकाले शंका गर्नु नपर्ने बताएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता बिमलेन्द्र निधिले अविश्वासको प्रस्तावसँगै सरकार गठनमा पनि मधेसी मोर्चाले सहयोग गर्ने दाबी गरे । प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भइसकेको भन्दै नयाँ सरकारको पहिलो प्राथमिकता मधेसको असन्तुष्टि सम्बोधन भएको र आवश्यक परे संविधान संशोधन समेत गर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?