+
+
Shares

स्कुलबसमा आगजनी गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ७ गते १५:३४

School-Bus

७ साउन, काठमाडौं । नेपाली कांग्रेसले बिहीबार बिहान ताहाचलमा भएको बिद्यालयको बालबालिका बोक्ने बसमा आगजनी गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

बिद्यार्थी बोकेर गुडेको बसमा आगजनी भएको घटनाप्रति दुःख व्यक्त गर्दै कांग्रेसले आतंककारी शैलीमा गरिएको आगजनीको धोर भत्र्सना गरेको छ ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा अज्ञान समूहबाट भएको यस घटनाले स्कुल हिँडेका बिद्यार्थी र उनीहरुका अबिभावकमा मानसिक तनाव दिएको साथै बालअधिकारको गम्भीर हनन् गरेको समेत उल्लेख गरिएको छ ।

साथै अत्यबश्यकीय सवारीसाधनमा यस्तो निकृष्ट तवरले हमला नगर्न पनि कांग्रेसले चेतावनी दिएको छ ।

बिद्यालयको सवारीमाथि आक्रमण गर्नेजस्ता आपराधिक कृयाकलाव रोक्न र यस घटनामा संलग्न व्यक्तिहरुलाई कडा भन्दा कडा कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?