Comments Add Comment

प्रधानमन्त्री ओलीको पक्ष र विपक्षमा राप्रपा विवादित

९ साउन, काठमाडौं । सरकारको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद चर्किएको छ ।

Pasupati-Samser-ranaवरिष्ठ नेता पशुपतिशमशेर राणा पक्षले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टीले दिँदै आएको समर्थन फिर्ता लिएपछि विवाद भएको हो ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा अध्यक्ष लोकेन्द्रबहादुर चन्द समूह सहत छैन । अाजको राजधानी दैनिकमा समाचार छ ।

वरिष्ठ नेता राणाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय चावहिलमा शनिबार बसेको बैठकले पार्टीका तर्फबाट सरकारका सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको सहप्रवक्ता किरण गिरीले जानकारी दिए । उनले पटक पटक आग्रह गर्दा पनि चन्दले बैठक नडाकेको वरिष्ठ नेताको अध्यक्षतामा बैठक बसेर निर्णय भएको बताए ।

राप्रपाबाट श्रम तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दीपक बोहोरा र वाणिज्य मन्त्रालयको नेतृत्व जयन्त चन्दले सम्हाल्दै आएका थिए ।

बैठकले व्यवस्थापिका संसदमा टेवल गरेको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने पार्टीको विधानअनुसार संसदीय दललाई निर्देशनसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment