+
+
Shares

जहाँ बिहेका लागि मोटा युवती मन पराइन्छ

एजेन्सीको सहयोगमा एजेन्सीको सहयोगमा
२०७३ साउन ९ गते ८:४६

girlआम रुपमा पुरुषहरु स्लिम जिउ भएका अर्थात् सलक्क परेको जिउडालका महिलाहरु मन पराउँछन् ।

मोटो तथा भद्दा जिउ भएका महिला तथा युवतीहरु तन्नेरीहरुको रोजाइमा पर्न मुस्किल हुन्छ । तर दक्षिण अफ्रिकामा भने यसको ठीक विपरित मोटो जिउडालका वधुहरुको ठूलो भाउ छ ।

अर्थात् युवकहरु बिहेका लागि मोटो जिउका युवतीहरु म्न पराउँछन् । यो प्रथा दक्षिण अफ्रिकाको केपटाउनमा छ । त्यसैले त्यहाँका युवतीहरुलाई जरबजस्ती बोसो तथा चिल्लोयुक्त खाना खुवाएर मोटो बनाइन्छ ।

केपटाउनमा एउटा परम्परा छ । जसको नाम हो लेबलह । यो परम्पराको मान्यता के छ भने यदि नारी मोटा भ एभने उनको विवाह समयमै हुन्छ र उनलाई सुयोग्य वर मिल्दछ । त्यसैले त्यहाँका किशोरी तथा युवतीहरुलाई मोटो बनाउनका लागि अनेक थरी व्यन्जन खुवाइन्छ ।

छोरीहरुलाई भोक नलागोस्, तर घरका अभिभावकहरु खानेकुरा कोच्याइरहन्छन् । ठसठसी कन्दैै, वाक्क वाक्क गर्दै पनि खानेकुरा खानुपर्छ उनीहरु ।

म्हिला जति मोटो भयो उनको पतिले उनलाई उति धेरै माया गर्छ भन्ने मान्यता पनि छ त्यहाँ । त्यसैले केपटाउनमा दुब्ला पातला तथा स्लिम युवतीहरु देख्न मुस्किल पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?