+
+
Shares

नेपाली चियाविरुद्ध भारतीय व्यवसायी

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १० गते ६:३२

tea-state१० साउन, काठमाडौं । नेपालमा उत्पादित अर्थोडक्स चिया भारतमा बिक्री प्रतिबन्ध लगाउन त्यहाँका व्यापारीले माग गरेका छन् ।

नेपालका चिया भारतमा खुला बिक्री हुँदै आएकोमा यसका रोक लगाउनुपर्ने माग त्यहाँका चिया व्यापारीले गरेका छन् । यसले नेपाली चियाको बजार खस्किने चिन्ता बढेको छ ।

पूर्वी नेपालका पहडी जिल्लामा उत्पादित अर्थोडक्स चियाको ८० प्रतिशत भारत निकासी हुने गरेको आजको अन्नपूर्णमा समाचार छ ।

नेपालका चिया व्यवसायीले भारतले नेपाली चियाको खुला बिक्रीमा प्रतिबन्ध लगाए नेपाली चियाको बजारमा गिरावट आउने बताएका छन् ।

भारतीय व्यपारीका अनुसार नेपालको चिया भारत भित्रिएपछि दार्जलिङको चियाका रुपमा बिक्री गर्ने गरिएको छ । उनीहरुले नेपालमा उत्पादित चिया पूर्ण अर्गानिक नभएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?