Comments Add Comment

चितवनमा औषधि बोकेको ट्रकमा आगजनी, स्कटिङमा गाडी सञ्चालन

१० साउन, चितवन। चितवनको रत्ननगरमा आज बिहानै औषधि बोकेको ट्रकमा आगजनी गरिएको छ ।  बिहान करिब १ बजेर ३० मिनेटको समयमा रत्ननगरको निपनी चोकमा  ट्रक जलाइएको हो ।

fire-aagoजिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको अगाडिको भाग जलेको र केही औषधिमा समेत क्षति पुगेको छ । चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार वीरगन्जबाट काठमाडाैं औषधि लिएर जाँदै गरेको ना५ख ७४३२ नम्बरको ट्रकमा आगजनी भएको हो ।

आगजनी गर्ने समूहको पहिचान नभए पनि आज विप्लव नेतृत्वको माओवादीले बन्दको हल्ला फैलाएकाले उनीहरुले नै जलाएको अनुमान प्रहरीले गरेको छ ।

घटनाको अनुसन्धान भइरहेको र आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । समयमै प्रहरी पुगेकाले धेरै क्षति हुन पाएन ।  यसैबीच बन्दको हल्लासँगै आज जिल्लामा प्रहरीले बिहानैदेखि स्कटिङमा यातायात सञ्चालन गरेको छ ।

चितवन आउने र चितवनबाट जाने सवारीलाई बिहानैदेखि स्कटिङ गरेर गन्तव्यतर्फ पठाइएको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment