+
+
Shares

सानिमा बैंकको नाफा अर्ब नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १० गते १३:०९

Sanima bank१० साउन । सानिमा बैक पनि पहिलोपटक अरबपति बैंकको सूचीमा उक्लिएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

एक वर्षका अवधिमा बैंकको नाफा ६७.४६ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष बैंकले ६२ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा बैंकको निक्षेप ३५.२९ प्रतिशतले बढेर ४६ अर्ब ४२ करोड ३३ लाख रुपैयाँ पुर्‍याएको छ । त्यसैगरी यस अवधिमा बैंकको कर्जा ४२.८५ प्रतिशतले बढेर ४० अर्ब ४४ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

बैंकले मुख्य आम्दानी व्याज आम्दानी नै हो । एक वर्षको अवधिमा बैंकको खुद व्याज आम्दानीमा ५१.१८ प्रतिशतले बढेर १ अर्ब ७२ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी वाषिर्क ३४.१७ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात वाषिर्क २१ .९५ गुणा रहेको छ । बैंकको खराब कर्जा ०.०२ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति १२ दशमलव ४२ प्रतिशत रहेको छ ।

३ अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजीमा बैंकले जारी गर्ने ५० प्रतिशत हकप्रद वितरण पछि चुक्ता पँजी ४ अर्ब ५९ करोड पुग्ने छ । हकप्रद सेयर जारी गरेपश्चात भने बैंकको प्रतिसेयर आम्दानी घट्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?