११ साउन, काठमाडौं । राजधानीस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत पत्रकार जीवन सेजुवाललाई प्रेस चौतारी नेपालले आर्थिक सहयोग गरेको छ ।
डेढ महिनादेखि अस्पताल भर्ना भई सल्यक्रियासमेत गरिसकेका पत्रकार सेजुवाललाई चौतारीका अध्यक्ष गणेश बस्नेतले सोमवार अस्पतालको बेडमै केन्द्रीय कार्यालयको तर्फबाट ८१ हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन ।
बोन टीबीबाट पीडित पत्रकार सेजुवाल प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य एवं कर्णाली अञ्चल इञ्चार्ज हुन् । उनको उपचारमा आर्थिक अभाव भएपछि चौतारीले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुबाट सहयोग संकलन गरी हस्तान्तरण गरेको हो ।
चौतारीको गत ८ जेठमा सम्पन्न आठौं राष्ट्रिय अधिवेशनकै बेला सेजुवाल बिरामी परेका थिए । परीक्षणको क्रममा बोन टीबी पत्ता लागेपछि गत २७ असारमा सल्यक्रिया गरिएको थियो ।
सल्यक्रियापछि हाल अस्पतालमै उपचाररत सेजुवालको उपचारमा आर्थिक अभाव भएपछि सहयोग गरिएको चौतारीका अध्यक्ष बस्नेतले बताए ।
प्रतिक्रिया 4