+
+
Shares

हिमालय एयरलाइन्सद्धारा अमेडियसँग व्यापार विस्तार सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ११ गते १८:१५

Himalayan-air
११ साउन, काठमाडौं । हिमालय एयरलाइन्सले स्तरीय बुकिङ सेवा प्रदान गर्नका लागि अमेडियससँग टिकट वितरण सम्बन्धि सम्झैता गरेको छ । अमेडियस ट्राभल क्षेत्रमा उन्नत प्रविधिको माध्यमद्धारा सेवा प्रदान गर्ने कम्पनी हो ।

हिमालय एयरलाइन्सले ट्राभल एजेन्टहरुको व्यापक सञ्जाल समेट्न तथा आफ्नो टिकट भाडादर, समय तालिका र उपलब्धताबारे जानकारी लिनका लागि ग्लोबल डिष्ट्रिब्यूसन सिष्टम साझेदारको रुप्मा अमेडियसलाई छनौट गरेको हो ।

नेपाल–चीनको सँयुक्त लगानीमा सञ्चालित हिमालयले जेठ १८ गतेदेखि काठमाडौंबाट दोहामा नियमित उडान भरिरहेको छ । निकट भविष्यमा कम्पनीले दिल्ली, ल्हासा, चेंगदू, बेइजिङ, कोलम्बो, बेंैकक, हङकङ र दामाममा उडान भर्न लागेको छ ।

हिमालय र अमेडियसबी टिकट वितरण सम्झौता हुनु भनेको अमेडियस सम्मद्ध विश्वका कुनै पनि ट्राभल एजेन्सीजहरुमा हिमालयको टिकट भाडादर, सिट र समय तालिका लगायतको पूर्ण विवरण जानकारी उपलब्ध गराउनु हो ।

सम्झौताबारे टिप्पणी गर्दै कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठ भन्छन्– ‘हिमालय एअरलाइन्सको उज्वल भविश्यका लागि विश्वभरीका यात्रुहरुलाई हाम्रो सेवाहरुको बारेमा सूचना प्रवाह गर्नको लागि ट्राभल एजेन्सी च्यानल अपरिहार्य छ, हामीले अमेडियसलाई ग्लोबल डिष्ट्रिब्यूसन सिस्टम पार्टनरको रुपमा चयन गरेर हामीले राम्रो विकल्प रोजेका छौं, अमेडियसले विविध किसिमको आवश्यकता तथा विशेषता बोकेको ट्राभल एजेन्सीहरुलाई एउटै मञ्चमा ल्याएर काम गर्ने हुँदा हामी उनीहरु सँग काम गर्न निकै उत्साहित छौं ।’

अमेडियस एयरलाइन्स एशिया प्यासिफिकका व्यवसायिक कार्यकारी उपाध्यक्ष हाजिम हुसेनले यस क्षेत्रमा एक नयाँ एअरलाइन्सलाई आफ्नो पार्टनर बनाउन पाउँदा उत्साहित भएको बताए । अमेडियस सिष्टिमद्धारा बुक गर्न मिल्ने ४७४ भन्दा बढी एअरलाइन्सको सूचिमा हिमालय एयरलाइन्स पनि थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?