Comments Add Comment

स्वेतादेखि नीतासम्म फेसन शोमा देखिने

fashion show
११ वर्षदेखि सञ्चालनमा रहेको ओरियल बुटिकलेे ‘द ओरियन फेसन शो-२०१६’ आयोजना गर्ने भएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा भदौ १० गते कार्यक्रम आयोजना हुन लागेको जानकारी दिइयो ।

आर्मी अफिसर्स क्लबमा आयोजना हुने उक्त फेसन शोमा १८ जना व्यवसायिक मोडलहरुले क्याटवाक गर्नेछन् । फेसन शोबाट संकलित रकम डाउन सिन्ड्रम सोसाइटी अफ नेपाल, बर्न भ्वाइलेन्ट सर्भाइभर्स नेपाल तथा बेबी लाइफ होमलाई प्रदान गरिने आयोजक संस्थाकी प्रमुख निलम शाही ठकुरीले बताएकी छिन् ।

आश्विनी झाले कोरियोग्राफी गर्ने फेसन शोमा नायिकाहरु श्वेता खड्का, नीता ढुंगाना, अशिष्मा नकर्मी र मोडल सम्पदा बाँनियाले क्याटवाक गर्नेछन् । फेसन शोमा ओरियल बुटिकका पहिरनहरु प्रदर्शन गरिनेछ । कोरियोग्राफर झाले फेसन शोमा डाउन सिन्ड्रम सोसाइटी अफ नेपालका बालबालिका तथा किशोर-किशोरी, बेबी लाइफ होममा आश्रति एचआईभी पिडित बालबालिका तथा बर्न भ्वाइलेन्ट सर्भाइभर्समा रहेका महिलाहरुले समेत पहिरन प्रदर्शन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment