+
+
Shares

पाँच कम्पनीको दहीमा तौल कम राखेर ठगी

रासस रासस
२०७३ साउन १२ गते १८:२०

१२ साउन, काठमाडौं । काठमाडौँ उपत्यकाभित्रका पाँच कम्पनीबाट उत्पादित दहीमा ठगी भएको पाइएको छ ।  आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत क्षेत्रीय कार्यालय बालाजुलाई नापजाँचका लागि पठाएपछि नाप गर्दा व्यापक ठगी भएको पाइएको हो ।

dahi-curdविभिन्न कम्पनीलाई जाँच गर्दा एक लिटर दहीमा १४० देखि १६० मिलिलिटरसम्म कम भेटिएको पाइएको छ ।

जाँच गरिएकामध्ये नेपाल डेरीमा १५० मिलिलिटर, सुवजु जुजु धौ भक्तपुर १६०, आर एस जुजु धौ सेन्टर भक्तपुर १४०, शिवम् डेरी प्राली भक्तपुर १५० मिलिलिटर दही कम फेला परेको नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालय बालाजुका कार्यालय प्रमुख शशीभुषण यादवले जानकारी दिए ।

“दहीमा ठगी गरेको पाइएपछि कारबाहीका लागि सम्बन्धित डेरीलाई पत्राचार गरेका छौँ,” उनले भने । यसअघि दूधमा गरेको अनुगमनमा आधा लिटरमा ११० मिलिलिटरसम्म कम भएको पाइएको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?