Comments Add Comment

बच्चाहरु किन रातमा बढि रुन्छन् ?

baby_cry

धेरैजसो साना बच्चाहरु दिनमा मज्जाले सुत्दछन् तर रातमा भने रोइ बस्दछन् । बच्चाको यस्तो बानीले आमाहरु भने निकै हैरान हुन्छन् र रातभर जाग्राम बस्न बाध्य हुन्छन् ।

आखिर धेरै बच्चाहरु किन रातमा धेरै रुन्छन् त ? यसमा विशेष कारण छन् ।

विज्ञहरुका अनुसार बच्चाहरु जन्मिएर यो दुनियामा आएपछि नै हरेक दिन नयाँ अनुभुति गरिरहेका हुन्छन् र नयाँ नयाँ अनुभव बटुलीरहेका हुन्छन् । कहिलेकाहीँ यस्ता अनुभवहरुको बीचमा उनीहरुले निकै असहज महसुस गर्दछन् ।

जसका कारण कतिपय नवजात शिशुहरुमा हाछ्यूँ आउने पनि हुन्छ र कहिलेकाहीँ निद्रामै एक्कासी ब्युझिन्छन् पनि अनि रुन थाल्दछन् ।

कहिलेकाहीँ बच्चा रोएका कारण शारीरिक समस्या पनि हुनसक्छ । कहिलेकाहीँ बच्चाको आसपासको तापक्रम निकै गर्मी वा चिसो हुँदा पनि बच्चाको निद्रामा खलल उत्पन्न हुने र निद्राबाट ब्युझिँएर बच्चा रुन थाल्दछ ।

कहिलेकाहीँ बच्चाले असुरक्षित तथा एक्लो अनभुति गर्दछ । जसमा आफ्नो नजिक आमालाई नपाउँदा अचानक निद्रामै रुन थाल्दछ ।

कहिलेकाहीँ बच्चा सुतेको ठाउँ आरामदायी नहुन सक्दछ जसका कारण उसलाई राम्रो निद्रा पर्दैन र रुन थाल्दछ ।

बच्चाहरु सानैदेखि सपना देख्दछन् । कहिलेकाहीँ डराउने खालका सपना देख्न पुग्छन् । जसका कारण उनीहरु अचानक डराएर ब्युँझिन्छन् र रुन थाल्दछन् ।

कहिलेकाहीँ बच्चाले निद्रामै पनि ओछ्यानमै पिसाब फेर्दछ र ओछ्यान चिसो पार्दछ । चिसो भएपछि पनि बच्चा रुन थाल्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment