Comments Add Comment

ट्रम्प भरोसा योग्य छैनन्ः हिलारी

hillary_clinton

१४ साउन, काठमाडौं । हिलारी क्लिनटनले फिलाडेल्फियामा रिपब्लिकन पार्टीका उमेदवार तथा प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पसँग राष्ट्रपति पदको उमेदवार हुनको लागि चरित्र र अनुभव नभएको आरोप लगाएकी छिन् ।

क्लिनटनले डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा पार्टीको तर्फबाट उमेदवारीको स्वीकार गरेका छिन् । उनले सम्मेलनमा पार्टीको एकताको लागि आहृवान गर्दै कुनै धर्ममाथि प्रतिवन्ध नलगाइने बताइन् ।

हिलारी क्लिनटन राष्ट्रपति पदका रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्प प्रति आक्रामक देखिएकी थिइन् । उनले भनिन्,’यस्तो व्यक्तिमाथि विश्वास नगर्नुहोस् कि जो म अवस्था ठिक गर्न सक्छु मात्र भनुन् ।’ क्लीवल्याण्डमा ट्रम्पले यस्तो बताएका थिए ।

क्निटनले भनिन्, ‘हामी अमेरिकीहरु यस्तो कहिल्यै भन्दैनौं । अमेरिकीहरु मिलेर अवस्था ठिक गछौं । ‘

उनले राष्ट्रपति बाराक ओबामाको बचाउ गर्दै उनले देशलाई आर्थिक संकटबाट बचाएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment