+
+
Shares

सरकारी रेकर्डः एक वर्षमा चार हजार व्यापारी कारबाहीमा

रासस रासस
२०७३ साउन १६ गते १४:०५

१६ साउन, काठमाडौं । आर्थिक वर्ष २०७२÷७३ मा नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय काठमाडौँले अनियमित रुपमा नापतौलयन्त्र प्रयोग गर्ने चार हजारभन्दा बढी व्यापारीलाई कारबाही गरेको छ ।

Thagiव्यापारीले नापतौलको प्रयोग गरी कम मात्रामा सामान बेचेको सूचनाका आधारमा अनुसन्धान गर्दा दोषी पाइएका चार हजार १४९ व्यापारीलाई कारबाही गरेको कार्यालय प्रमुख शशीभुषण यादवले जानकारी दिए । मिटर बिगारेर उपभोक्तालाई ठगी गर्ने व्यापारीको सङ्ख्या उपत्यकामा अत्यधिक रहेको पाइएको छ ।

“ठग्ने व्यापारीलाई कानुनी दायरामा ल्याउँछौँ,” उनले भने । कार्यालयले गत आवमा तीन हजार २२७ व्यापारीलाई नाप्ने तौलने यन्त्रको अनुमति र ५७ वटा कम्पनीलाई इजाजतपत्र दिएको जनाएको छ ।

यस्तै आठ हजार ३७८ व्यापारीले कार्यालयमा गएर नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँचपास गराएका छन् । कार्यालय प्रमुख यादवकाअनुसार सोही आवमा ३७० पेट्रोलियम पदार्थ वितरण पम्पको जाँच गरिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?