Comments Add Comment

फेसबुकमा भिडियोमै बर्थडे विशेष

Happy-Birthday-Facebook

सोसल नेटवर्किंग साइट फेसबुकले लगातार नयाँ फिचर्सहरु लन्च गरिरहेको छ । यसै क्रममा फेसबुकले बर्थडे रिक्याप भिडियो फिचर पनि ल्याएको छ ।

यस भिडियोमा जन्मदिनको अघिल्लो दिन तपाइँको टाइमलाइनमा पोष्ट भएका सबै शुभकामना तथा तस्वीरहरुको सृजनात्मक मोन्टाज तयार हुनेछ ।

उक्त भिडियो तपाइँको न्यूजफिडको सबैभन्दा माथि देखिनेछ ।

फेसबुक आफैले यस्तो भिडियो तयार गर्नेछ र प्रयोगकर्तालाई भिडियो शेयर गर्ने नगर्ने विकल्प दिनेछ । प्रयोगकर्ताले फेसबुकले तयार पारेको भिडियोलाई इडिट गर्न तथा कुन पोष्टलाई हाइलाइट गर्ने भन्ने कुरा समेत तय गर्न सक्नेछन् ।

फेसबुकको बर्थडे विशेष भिडियो एउटा केकबाट सुरु हुन्छ र विशेष तवरमा जन्मदिनको शुभकामना देखाइन्छ । यस्तो भिडियो बन्नका लागि प्रयोगकर्ताको टाइमलाइनमा कम्तिमा पनि ३ वटा बर्थडे शुभकामना हुनु आवश्यक हुन्छ । हेरौ फेसबुकको बर्थडेर विशेष भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment