+
+

नेशनल माइक्रोफाइनान्सको आइपीओमा एकैदिन ३५ गुणा बढी आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १७ गते १२:१९

share-ipo१७ साउन, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त संस्थाले निष्काशन गरेको आइपीओमा पहिलो दिन नै मागभन्दा ३५ गुणा बढी आवेदन परेको छ । कम्पनीले आइतबारदेखि ३ लाख कित्ता साधारण सेयरका लागि बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले निष्काशन गरेको ३ करोडको सेयरमा पहिलो दिन नै १४ हजार सर्वसाधारणले ९६ करोड रुपैयाँको माग आवेदन परेको सेेयर निष्काशन तथा बिक्री प्रबन्क एनआइबीएल क्यापिटल मार्केटका प्रमुख कार्यकारी अधिकृत भेगबहादुर थापाले अनलाइनखबरलाई जानकारी दिए ।

‘आइतबार सँाझसम्ममा नै कम्पनीको सेयरमा मागभन्दा ३५ गुणा बढी आवेदन परिसकेको छ,’ थापाले भने । कम्पनीले निष्काशन गरेको सेयर छिटोमा साउन १९ गते र ढिलोमा साउन ३० गते बिक्री बन्द हुनेछ । उक्त सेयरमा लगानीकर्ताले कम्तीमा ५० कित्ता देखि खबढीमा १० जार कित्तासम्म आवेदन दिन पाउनेछन् ।

सर्वसारणका लागि सेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ । एनआइबीएल क्यापिटल मार्केटका सबै शाखा, नेपाल इन्भेष्टमेन्ब बैंकका शाखा, सिनर्जी फाइनान्सलगायतमा आवेदन फारम भर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?