Comments Add Comment

महिनावारी ढिलो सुक्ने महिलामा मधुमेहको खतरा

later_menopause_increase_diabetes_risk

जो महिलामा बढि पाको उमेरमा मात्रै महिनावारी बन्द हुन्छ उनीहरुमा टाइप टू मधुमेहको खतरा बढ्ने एक अध्ययनले देखाएको छ ।

१ लाख २४ हजार महिलामा अध्ययन गरी अमेरिकी शोधकर्ताहरुले दाबी गरेका छन् की ५३ वर्षको उमेरपछि मात्र महिनावारी सुकेका महिलाहरुमा मधुमेहको खतरा उच्च हुन्छ । महिलामा औषता ५१ व्र्षको उमेरमा महिनावारी बन्द हुने गर्दछ ।

शोधकर्ताहरुका अनुसार ढिलो सुक्ने महिनावारीले किन मधुमेहको खतरा बढाउँदछ भन्ने कुरा महिलाको हर्मोनको स्तरमा निर्भर हुन्छ ।

यसअघि महिलामा छिटो महिनावारी सुक्दा समेत मधुमेहको खतरा बढ्ने तथ्य पत्ता लागेको थियो । जो महिलामा ४५ वर्षको उमेरमा महिनावारी सुक्दछ उनीहरुमा टाइप टू मधुमेहको खतरा उच्च हुन्छ ।

महिलाको सरीरमा एस्ट्रोजेन हर्मोनको मात्रा कम हुनु सिधै सरीरमा बढ्दो बोसो, कम उपापचयन तथा उच्च ब्लड सुगर सँग सम्बन्धित हुन्छ ।

शोधकर्ताहरुले सन् १९९० को मध्यमा ५० देखि ७९ वर्ष उमेरका महिलाहरुमा महिनावारी सुकेपछिको अवस्थाको विषयमा एक दशकसम्म अध्ययन गरे ।

त्यस अनुसार जो महिलामा अन्तिम महिनावारी ४६ वर्षको उमेर भन्दा पहिले भयो उनीहरुमा टाइप टू मधुमेहको खतरा २५ प्रतिशतले बढि थियो । ४६ देखि ५५ वर्षको उमेरमा महिनावारी सुक्ने महिलामा भने मधुमेहको खतरा कम पाइयो ।

तर जो महिलाहरुमा अन्तिम महिनावारी ५५ वर्षको उमेर भन्दा पछि हुन्छ उनीहरुमा टाइप टू मधुमेहको खतरा १२ प्रतिशत सम्मले बढेको पाइएको छ ।

शोधकर्ताका अनुसार सामान्य उमेर भन्दा धेरै अघि वा पछिबाट महिनावारी सुक्ने महिलामा मधुमेहको खतरा उच्च हुने भएकाले उनीहरुले मोटोपनामा नियन्त्रण कायम राख्नु आवश्यक हुन्छ । यसका साथै उनीहरुले नियमित रुपमा व्यायाम गर्नुपर्ने र स्वस्थ भोजन ग्रहण गर्नुपर्ने शोधकर्ताको सुझाव छ ।

शोधकर्ताहरुका अनुसार ३६ देखि ४० वर्षसम्मको प्रजनन चक्र हुने महिलामा भन्दा ३० वर्ष वा सो भन्दा कम प्रजजन चक्र हुने महिलामा मधुमेहको खतरा ३७ प्रतिशतले बढि हुन्छ । त्यस्तै ४५ वर्ष भन्दा धेरै प्रजनन चक्र हुने महिलामा यस्तो खतरा २३ प्रतिशतले बढि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment