महिलाहरुले गर्भनिरोधका लागि विभिन्न खाले गर्भनिरोधक चक्की खाने गरेको त सबैलाई थाहा भएकै कुरा हो । सहरतिर मुसा तथा कुकुरको संख्या नियन्त्रणका लागि कुकुर र मुसाको समेत बन्ध्याकरण गरिदिने गरेको समेत बेलाबेलामा सुनिन्छ ।
तर अब गर्भनिरोधको यो मेलोमा परेवा पनि मिसिएको छ । परेवाको बढ्दो संख्यालाई नियन्त्रण गर्नको लागि परेवालाई गर्भनिरोधक औषधि खुवाउन थालिएको छ ।
स्पेनको प्रसिद्ध सहर बाडिया डेल भ्यालेसमा परेवाको बढ्दो संख्यालाई नियन्त्रण गर्नका लागि परेवालाई गर्भनिरोधक औषधि मिसाइएको चारो खुवाइँदै छ ।
परेवालालाई गर्भनिरोधक दाना खुवाउनका लागि स्वचालित डिस्पेन्सरको प्रयोग गरिएको छ । परेवाको प्रजननको लागि उपयुक्त समय जुलाई देखि डिसेम्बरको बीचमा हुने भएकाले जुलाई सुरु हुँदै सहरमा परेवालाई गर्भनिरोधक दाना खुवाउन थालिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4