Comments Add Comment

नेपालकी गौरिका सिंह रियो ओलम्पिककै कान्छी खेलाडी

gaurika

१८ साउन, काठमाडौं । नेपालकी पौडीबाज गौरिका सिंह रियो ओलम्पिकमा सहभागी हुने सबैभन्दा कान्छी खेलाडी बनेकी छन् । उनी भर्खर १३ वर्षकी भइन् । तर, सानो उमेरमा नै उनले अहिलेसम्म सात वटा राष्ट्रिय कीर्तिमान बनाइसकेकी छन् । र, सागमा पनि नेपाललाई चार पदक जिताएकी छन् ।

भारतको गुवाहाटी र सिलोङमा भएको १२ औं सागमा उनले आफू सहभागी चार स्पर्धामा नै पदक जिचेकी थिइन् । उनले एक रजत र तीन कास्य जितेकी थिइन् ।

रियो ओलम्पिकको आयोजकले नेपाली गौरिका कान्छी खेलाडी भएको पुष्टि गरेको छ । र, रियो ओलम्पिकको आधिकारिक वेबसाइटमा उनलाई भूकम्पबाट बाँचेकी, जो रियो ओम्पिक २०१६ कै युवा खेलाडी भनेर चिनाइएको छ ।

लण्डनमा बस्दै आएकी उन ०७२ वैशाखको भूकम्पका बेला भने नेपालमा थिइन् । रियो २०१६ सँगको कुराकानीमा गौरिकाले भूकम्पको बेला आफू आमा र भाइको साथमा पाँचौ तलामा रहेको तर, नयाँ भएकाले उक्त घरमा केही नभएको बताएकी छन् ।
महिला १०० ब्याकस्ट्रोकमा उनको उत्कृष्ट रेकर्ड एक मिनेट ८.१२ सेकेन्ड छ ।

२०१२ को लण्डन ओलम्पिकमा सिल्भर मेडल जितेकी अष्टेलियाकी एमिलीको उत्कृष्ट रेकर्ड ५८.२६ सेकेन्ड छ र उनी गौरिका भन्दा ११ बढी जेठी छन् ।

यो विधाको प्रतिस्पर्धा अगष्ट ८ मा हुनेछ । गौरिकाका बुबा पारस आफ्नो छोरीले उत्कृष्ट प्रदर्शन गर्नेमा ढुक्क छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment