१९ साउन, काठमाडौं । पूर्वमूख्य सचिव लीलामणि पौडेल र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) कुबेरसिंह रानाले सार्वजनिक यातायातका चालकविरुद्ध महानगरीय ट्राफिक प्रहरी महाशाखामा उजुरी दिएका छन् ।
पूर्वमूख्य सचिव पौडेल ट्याक्सीबाट ठगिएको तथा पूर्वमहानिरीक्षक रानाले दुव्र्यहार भएको आरेपमा महाशाखामा उजुरी दिएइका हुन् आजको कारोबार दैनिकमा समाचार छ ।
उनीहरुको उजुरीपछि महाशाखाले सवारी साधानसहित चालकलाई कारबाहीको दायरामा ल्याएको छ । रानालाई दुव्र्यवहार गरेको आरेपमा बा २ ख ५०११ नक्बरका बसका चालक जीवन बुढाथोकीलाई तिलगंगाबात नियन्त्रणमा लिएको हो । उनलाई उक्त स्थानमा रानालाई दुव्र्यबहार गरेको आरकोपमा नियन्त्रणमा लिएको थियो ।
अस्पतालको सडकबाट निस्कने क्रममा तीव्र गतिमा रहेका यात्रु बससँग अकस्मात भेट भयो । घटनापछि रानाले भने गति सीमित र लेख लेन अनुशासन पालना गरेर बस चलाउनुपर्यो भन्या चालकले जथाभावी बोलेर बसलाई सडकमा तेर्साए । त्यसपछि रानाले तत्काल टेलिफोनमार्फत महाशाखामा उजुरी दिएका हुन् ।
केही साताअघि पूर्वमुख्यसचिव पौडेलले अनामनगर, हुनमास्थानमा रोकेर राखेको ट्याक्सी चालकलाई आफ्नो गन्तव्य उल्लेख गर्दै जान आग्रह गरे । तर, जान चालकले आनाकानी गरे । उनले मिटरमा नजाने भनेपछि केहिबेर भनाभन भयो । त्यसपछि पौडेलले एसएमसबाट उजुरी गरे । त्यसको केही बेरमै ट्याक्सी चालक ट्राफिक प्रहरीको फन्दामा परेका हुन् ।
प्रतिक्रिया 4