+
+
Shares

खुमबहादुरका दुई मागः श्रीमतीलाई मन्त्री, आफूलाई उपसभापति

पार्टीभित्रै चर्को दबावमा परे देउवा

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १९ गते १८:३४

Khum-Bahadur-Khadka 810

१९ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवासँग दुईवटा माग तेर्स्याएका छन् । एउटा- आफूलाई पार्टी उपसभापति बनाउनुपर्ने । र, दोस्रो- आफ्नी पत्नीलाई रोजेको मन्त्रालय दिएर मन्त्री बनाइनुपर्ने ।

सरकार गठनलगत्तै पार्टी पदाधिकारी मनोनयको तयारीमा रहेका कांग्रेस सभापति देउवासँग खड्काले उपसभापतिको दाबी पेश गरेका हुन् ।

गत महाधिवेशनमा खुमबहादुरले देउवालाई सभापतिमा जिताउनका लागि भूमिका खेलेका थिए । त्यसैको ‘गुन’ फर्काउन आफूलाई उपसभापति बनाइनुपर्ने खड्काले माग गरेको कांग्रेस स्रोतले अनलाइनखबरलाई बतायो ।

पत्नीलाई मन्त्री बनाउन माग

कांग्रेस नेता खड्काले पत्नी एवं सांसद शिला शर्मा खड्कालाई आफूले रोजेको मन्त्रालय दिनुपर्ने माग देउवा समक्ष राखेका छन् । शिलालाई खुमबहादुरकै दबावमा दोस्रो संविधानसभामा समानुपातिक उम्मेद्वार बनाइएको थियो । सुरुमा पत्नीलाई सांसद बनाउन सफल भएका खड्का अहिले देउवालाई दबाव दिएरै मन्त्री बनाउने अभियानमा लागेका हुन् ।

तर, खड्काका दुईवटै माग पूरा नगर्न देउवामाथि उनी निकटकै नेताहरुको पनि तीब्र दबाव छ । खड्कालाई साइजमा राख्न उनी निकटकै मोहन बस्नेतलाई मन्त्री बनाउने तयारी देउवा पक्षले गरेको कांग्रेसका एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?