+
+
Shares

तीजका लागि छुट्याइएको रकम प्यूठानका बाढीपीडितलाई

सलमान खान सलमान खान
२०७३ साउन १९ गते १४:५३

Mahila-Samuha-Bhairawa

१९ साउन, भैरहवा । भैरहवामा प्रत्येक वर्ष तीज गीत कार्यक्रम गर्दै आएको यहाँको एक संस्थाले यसपटक तीज कार्यक्रम नगर्ने बरु त्यस रकमले प्यूठानका बाढीपहिरो पीडितलाई सहयोग गर्ने जनाएको छ ।

भैरहवामा रहेको सृजनशील हातहरु समूहले यसपटकको तीजलाई सामन्य रुपमा मनाई तिजको लागि छुट्टाएको रकमले प्युठानका बाढीपहिरो पीडितलाई सहयोग गरिने संस्थाको निर्णय भएको समूहकी अध्यक्ष रमीता थापामगर (केसी) ले बताइन् ।

उनले भनिन्, ‘दिदीबहिनी आमा बुबा दाजुभाइ बाढीपहिरोको कारण आहतमा छटपटाइरहनु भएको छ, त्यस्तो अवस्थामा हामीले कसरी रमाइलो गरी कार्यक्रम गर्ने ? हामीले जे सकिन्छ उहाँहरुको पीडालाई साम्य पार्न तत्काल केही सहयोग गर्ने निश्कर्ष निकालेर सहयोग गर्न थालेका हौं ।’

अध्यक्ष केसीसहित संस्थाका सदस्यहरु पुजा न्यौपाने, विनिता श्रेष्ठ, मालती लिगल, उमा राना, पि्रया खरेल, सुष्मा विक र भवानी पोख्रेलले अहिले सम्म पर्याप्त राहत नपुगेको प्युठानको माथिल्लो क्षेत्र पुजा, रजबारा, अर्खामा पुर्‍याउने गरी प्युठान रुपन्देही सम्पर्क मन्चलाई १० बोरा चामल, भाडा, चिउरा, भुजा, तेल लगायत सहयोग प्रदान गरेका छन् ।

सृजनशील हातहरु समूहले विगतदेखि भैरहवामा तीज गीत कार्यक्रम अयोजना गरेर संकलित रकमले बृद्धाश्राम, बालगृह लगायतलाई सहयोग गर्दै आएको छ ।

यसैबीच भैरहवास्थित प्रतिमान-निमा मेमोरियल हेल्थ इन्सीच्युटका कर्मचारी तथा शिक्षकले पनि २० बोरा चामल बाढीपहिरो पीडितलाई सहयोग गरेको इन्सीच्युटका प्रबन्ध निर्देशक धर्मबहादुर केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?