Comments Add Comment

के ‘सुन्तलीलाई झिल्केले’ भगायो त ?

surjani kc and sushil sitaula
साच्चै, के सुन्तलीलाई झिल्केले भगायो त ? दर्शकले यो प्रश्नको जवाफ खोज्नका लागि भोलीबाट रिलिज हुन लागेको चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ नै हेर्नुपर्ने हुन्छ ।

यो चलचित्रको वुधबार बेलुकी काठमाण्डौको कुमारी हलमा प्रिमियर गरिएको छ । चलचित्र क्षेत्रका केही चर्चित अनुहार, पत्रकारको उपस्थितीमा ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा बनेको चलचित्रको फस्ट शो गरिएको हो ।

कार्यक्रममा चलचित्रका कलाकार उपस्थित थिए । चलचित्रका मुख्य नायक सुशान्त कार्की, सुशिल सिटौला, नायिकाद्धय सुरजनी केसी र रीजा भुषाल, कलाकार शिशिर भण्डारी चलचित्रको प्रिमियरमा सहभागी भए ।

सुन्तलीलाई झिल्केले कसरी भगाउँछ भन्ने कथामा यो चलचित्र आधारित छ । चलचित्रको गीतसंगीत र ट्रेलरले राम्रै चर्चा पाएकाले पनि दर्शकले मन पराउने विश्वास गरिएको छ ।

निर्देशक ऋषिराज आचार्य चलचित्रको प्रिमियरबाट आफूले पाएको प्रतिक्रियाले उत्साहित भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment