Comments Add Comment

नागरिकताका लागि श्रीमानकै बिहे !

२१ साउन,काठमाडौं । तीन दशकदेखि एउटै लक्ष्य र उही गन्तव्य बनाएर पटकौं सदरमुकाम धाइरहेको लोकगायिका माया गुरुङको दम्पत्ती निकै खुसी थियो ।

nagariktaबंशजका आधारमा नागरिकता पाउने जन्मसिद्ध अधिकार भए पनि अन्तरजातीय विवाहकै कारण यो जोडी नागरिकताबाट बञ्चित थियो । २५ वर्षको संघर्षपछि नागरिकता पाउँदा उनीहरुको खुसीको सीमा रहेन । आजको अन्नपूर्णमा समाचार छ ।

‘आज मेरो जिन्दगीकै खुसीको दिन हो,’ नागरिकता हातमा परेपछि खुसी हुँदै लोकगायिका माया गुरुङले भनिन् । जीवनभरको लडाई जितें, खुसी छु ।’

नागरिकताको लडाईंमा उनका पति लोकमान गुरुङलाई उतिसारो वास्ता थिएन । नागरिकता नभएकै कारण वैदेशिक रोजगारी र अन्य सम्भावनाका ढोका बन्द भएपछि उनले गाउँमै कृषि र्फम गरे । तर, मायालाई आफ्नो भन्दा सन्ततिको भविष्यको चिन्ता थियो । त्योभन्दा चिन्ता, २१ औं शताव्दीमा पनि कायमै रुढिवादीलाई तोड्ने थियो ।

विवाहको पाँच वर्षपछि नागरिकताको पहल गरेको  भएपनि उनीहरुले आवश्यक कागजपत्र नहुँदा नागरिकता पाउन सकेका थिएनन् । केही नलागेपछि अदालति प्रक्रियामा पुगेका उनीहरुले मुद्दा जिते ।

जिल्ला अदालत लमजुङले ६ असोज २०७२मा गरेको ‘बुबा छोरा’ बीचको नाता कायम भएको फैसलालाई पुनरावेदन अदालत पोखराले ६ जेठ २०७३मा सदर गर्‍यो ।

श्रीमान लेखमानले वंशजका आधारमा नागकिता लिए । अदालतको फैसलाका आधारमा प्रहरीले पाँचजना छिमेकी राखेर वडा मुचुल्का र आठजना छिमेकीले सनाखत गरिदिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment