Comments Add Comment

३५ बर्षमा आर्यन, भन्छन्-‘हरेक फिल्म मेरै बाटो भएर जान्छन्’

aaryan rekha ankamal (12)
बिहानैदेखि मोबाइल र फेसबुकमा जन्मदिनको शुभकामना दिनेलाई नायक आर्यन सिग्देल धन्यवाद फर्काउँदैमा व्यस्त छन् । नेपाली चलचित्र क्षेत्रका सुपरस्टार नायक आर्यन सिग्देलको जन्म काठमाण्डौको थानकोटमा भएको हो ।

उनी आजबाट ३५ बर्षमा प्रवेश गरेका छन् । हुनत, आर्यन आफ्नो उमेर भन्न चाहँदैनन् । अनलाइनखबरले कती बर्ष हुनुभयो भन्ने प्रश्नमा आर्यनले भने-‘हिजो २५ थिएँ, आज २४ लाग्दैछु ।’ आर्यनको यो जवाफ आम कलाकारले दिने जवाफ जस्तै हो ।

मध्यरातमा श्रीमती सपनाले उनलाई केक काटेर जन्मदिनको शुभकामना दिएकी थिइन् । तर, सधै फेसबुकमा फोटो अपलोड गर्ने गरेका आर्यनले यसपटक भने तस्बिर नराखेको बताए ।

आर्यन अहिले चुजी बनेका छन् । आर्यनको हातमा यतिबेला ‘मरिना’ नामक चलचित्र मात्र छ । आर्यन भन्छन्-‘२ बर्ष अगाडि घोषणा भएको चलचित्र अब भने बन्छ कि भन्ने लागेको छ ।’ आर्यनका अनुसार उनलाई हरेक दिनजसो चलचित्रको अफर आउँछ । उनी भन्छन्-‘हरेक चलचित्र मेरो नै बाटो भएर अगाडि गएका हुन्छन् । तर, आफ्नो ब्यानर भन्दा बाहिरका चलचित्र नगर्ने समाचार आएपछि अफरमा केही कमी आएको छ ।’ आर्यन अहिले आफ्नै ब्यानरमा निर्देशक दिनेश राउतको चलचित्रमा काम गर्ने तयारीमा छन् । जुन चलचित्रको छायांकन नोभेम्बरबाट सुरु हुने बताइएको छ । aaryan sigdel (4)
चलचित्र ‘किस्मत’बाट नेपाली रजतपटमा डेब्यू गरेका नायक आर्यन सिग्देलले करिब २-३ बर्ष अफर आएका सबै चलचित्रमा काम गरे । जसले गर्दा उनको स्टारडम केही गिरेको टिप्पणी चलचित्र बजारमा हुने गर्छ । तर, पनि आर्यनलाई चलचित्र अफर गर्नेहरुको कमी छैन । आर्यनले आफ्नै ब्यानरबाट चलचित्र ‘नोभेम्बर रेन र क्लासिक’ निर्माण गरेका थिए ।

आफ्नो ब्यानर बाहेकका चलचित्र नगर्ने आर्यनको अडान अझै पनि कायम छ । आर्यनलाई जन्मदिनको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment