Comments Add Comment

प्रियंका होइन दीपिका बनिन् ‘हलिउड नेक्स्ट जेनेरेशन’

deepika padukone in hollywood
बलिउड नायिका दीपिका पादुकोण हलिउडमा पनि राज गर्ने तयारीमा छिन् । पहिलो चलचित्र रिलिज नहुँदै उनलाई हलिउडको आउँदो पुस्ताको रुपमा हेर्न थालिएको छ ।

‘वेनिटी फेयर’ नामक म्यागेजिनको अगष्ट अंकमा उनलाई हलिउडको राइजिङ स्टारको रुपमा स्थान दिइएको छ । यो म्यागेजिनको ‘हलिउड नेक्स्ट जेनेरेशन’ विधामा उनलाई भारतीय सुपरस्टार भनिएको छ ।

दीपिकाको साथमा यो अंकमा एल्विस प्रेस्ली, नातिन रेली किओ, लिली कालिस, फिन विटराकको पनि नाम समावेश छ । म्यागेजिनमा छापिए अनुसार दीपिकाले आफ्नो रोल मोडलको रुपमा आफ्नी आमालाई मानेकी छिन् ।

दीपिकाका अनुसार उनलाई गाउनको सट्टा सारी विशेष मनपर्छ । दीपिका १२.५ करोड पारिश्रमिक लिएर संजय लिला भन्सालीको नयाँ चलचित्रमा काम गर्दैछिन् । हलिउड यात्रामा लागेपछि दीपिकाले बलिउडबाट केही समय ब्रेक लिएकी थिइन् । हलिउडमा अहिले दीपिकासँगै नायिका प्रियंका  चोपडा पनि व्यस्त छिन् । तर, उनलाई हलिउडको उदाउँदो पुस्ताको रुपमा समावेश गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment