+
+
Shares

विराज र निशाको रोमान्स, ‘जय परशुराम’को ‘सोझै हो’ गीत रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २१ गते १४:३७

nikhil and biraj in jay parsuram
५ बर्षपछि नेपाली चलचित्रमा फर्किएकाले पनि नायक विराज भट्टको चर्चा खुबै छ । विराजको स्टारडम पहिले जस्तै चम्किएला वा के होला भन्नेहरु धेरै छन् ।
साउन २८ अर्थात आउँदो शुक्रबारबाट विराज भट्ट र नायिका निशा अधिकारी अभिनित चलचित्र ‘जय परशुराम’ रिलिज हुँदैछ ।

चलचित्रमा विराज एक्सन र रोमान्टिक अवतारमा देखिएका छन् भने निशा नायकका प्रेमिकाको भूमिकामा छिन् । चलचित्रको ट्रेलर र एउटा गीतलाई रुचाइएको छ ।

चलचित्र रिलिजको एक साता अगाडि निर्देशक रोज राणा र उनको टिमले दोश्रो गीत पनि सार्वजनिक गरेको छ । ‘सोझै हो’ बोलको गीतमा दीपक लिम्बु र मिलन अमात्यको स्वर छ । महेश खड्काको संगीत रहेको गीतमा एकनारायण भण्डारीको शब्द छ । चलचित्रमा रविन तामाङ खलनायकको भूमिकामा छन् ।

चलचित्रका एनवी महर्जनको एक्सन, रामेश्वर कार्कीको छायांकन, बसन्त श्रेष्ठ र रामजी लामिछानेको कोरियोग्राफी छ । निर्माता रोज राणाले पहिलो पटक यो चलचित्र निर्देशन गरेका हुन् । मौनता श्रेष्ठले चलचित्रलाई लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?