Comments Add Comment

असन्तुष्टि चुलिएपछि एमालेमा नयाँ समीकरण

Bamdev Gautam

२२ साउन, काठमाडौं ।  असन्तुष्टि चुलिएपछि एमालेमा नयाँ समीकरणएमाले उपाध्यक्ष वामदेव गौतम संसदीय दलको नेताको निर्वाचन र महाधिवेशनका वेला दिएको वचन पूरा नगरेको भन्दै अध्यक्ष केपी ओलीसँग रुष्ट छन् ।

गौतमकै सहयोगमा ०७० माघमा ओली तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गर्दै दलको नेता र ०७१ असारमा सम्पन्न नवौा महाधिवेशनमा वरिष्ठ नेता माधवकुमार नेपाललाई झिनो मतले पराजित गर्दै अध्यक्ष बनेका थिए

। तर, गत वर्ष २४ असोजमा ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि भने दुई नेताबीचको सम्बन्ध औपचारिकतामा मात्रै सीमित छ । पछिल्ला समय त नेपाल, खनाल, गौतम एकै कित्तामा उभिएका छन् । अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि गौतम पार्टी काममा फर्किए । तर, अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्दा आफूलाई कार्यबाहक अध्यक्ष बनाउने वचन पूरा नगरेको गौतमको आरोप छ ।

सत्ता–साझेदार दल माओवादी केन्द्रसाग २३ वैशाखमा एमाले उपाध्यक्ष गौतमकै सक्रियतामा तीनबुँदे भद्र सहमतिको मस्यौदा तयार भएको थियो ।त्यसपछि अध्यक्ष ओलीसँग उनको दूरी झन् बढ्यो ।

गौतमले अर्थमन्त्री विष्णु पौडेलसमेतको सहयोगमा बजेट पारित भएपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनेगरी सहमतिको मस्यौदा तयार गरेका थिए । तर, आफूसँगको जानकारी र परामर्शबिना तीनबुँदे तयार गरेर गौतमले संसदीय दलको नेता र कार्यबाहक अध्यक्ष नबनाएको बदला लिन खोजेको भन्दै ओली रुष्ट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment