Comments Add Comment

देउवालाई सबैतिरबाट धम्की !

Sher Bahadur Deuba२४ साउन, काठमाडौं । सबैभन्दा बढी हिस्सा लिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको नेपाली कांग्रेसमा मन्त्री विषयलाई लिएर विवाद सुरु भएको छ ।

सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरी सरकारमा पठाएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र प्रभावशाली नेता खुमबहादुर खड्काले आपत्ति जनाएपछि समस्या आएको आजको राजधानी दैनिकमा समाचार छ ।
पार्टीभित्र विवाद बढ्दै गएकै कारण पौडेल र सिटौंला पक्षधरले सभापतिविरुद्ध छुट्टै भेला गरेको छ ।

खड्काले पनि देउवाले महाधिवेशनअघिको सहमति तोडेको र मन्त्री चयनमा पनि एकलौटी गरेको भन्दै खुलेर प्रतिवाद गर्न थालेका छन् ।

सभापति देउवा समूहकै नेता अर्जुननरसिंह केसीले समेत सरकारमा नजाने घोषणा गरेका छन् ।

पार्टीको तर्फबाट वरिष्ठताका आधारमा सरकारको नेतृत्व वा गृह मन्त्रालय पाउनुपर्ने माग गरेका केसीलाई दुवै नदिएइपछि रुष्ट बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment