+
+

चितवनमा ९० प्रतिशत धान रोपाइ

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ साउन २४ गते ८:१८

Dhan-Ropai२४ साउन, चितवन । चितवनमा हालसम्म ९० प्रतिशत धान रोपाई सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । सिचाई सुविधा नभएकोस्थानमा  रोपाइ हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाको पूर्वी क्षेत्र तथा माडीमा छिटपुट रुपमा धान रोप्न बाँकी रहेको छ । यस्तै, जिल्लाको पश्चिम क्षेत्रमा भने २५ प्रतिशत क्षेत्रमा रोपाईं हुन बाँकी रहेको छ । केही दिन यता आकाशे पानी राम्रोसँग परेको हुँदा धान रोप्न बाँकी रहेका ठाउँहरुमा पनि छिट्टै रोपाईं हुने कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेले जानकारी दिएका छन् । घिमिरेका अनुसार साउन २७ गतेसम्म चितवनमा धान रोपाइ कार्य सकिने छ ।

चितवनमा यस वर्ष अधिकांश किसानहरुले सावित्री धान रोपेका छन् । जिल्लाको पूर्वी क्षेत्रका किसानहरुले सावित्री धानको बिउ अनुदानमा समेत पाएकाले ८० प्रतिशतले सावित्री धान रोपेको घिमिरेले जानकारी दिएका छन् । घिमिरेका अनुसार चितवनको पश्चिम क्षेत्रमा भने मसिना तथा बासनादार धान बढी रोपिएको छ ।

पश्चिम चितवनको फूलबारी क्षेत्रमा पाँच सय हेक्टर क्षेत्रफलमा एकै ब्लकमा मसिना तथा बासनादार धान रोपिएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनको अनुसार जिल्लामा यस वर्ष २९ हजार तीन सय हेक्टर क्षेत्रफलमा धान रोपाई हुनेछ । अघिल्लो वर्ष चितवनमा २७ हजार चार सय हेक्टर क्षेत्रफल धान रोपाईको लागि योग्य जग्गा भएपनि समयमा पानी नपर्दा २७ हजार तीन सय ४२ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाई भएको थियो ।

यस वर्ष भने लगभग एक सय हेक्टर बराबरको क्षेत्रफल माछा पालन, केरा खेति तथा प्लटिङमा प्रयोग भएसँगै धान रोपाईको क्षेत्रफल घटेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेले जानकारी दिएका छन् । जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार यस वर्ष असारको पहिलो साताबाट नै धान रोपाई गरेका किसानहरुले अहिले धान  गोड्ने काम सुरु गरिसकेका छन् ।

विषेशगरी जिल्लाको पूर्वी क्षेत्र अन्तर्गत पर्ने बछौली, कठार, कुमरोज, लगायतको ठाउँहरुमा असारको सुरु भएसँगै धान रोपाई कार्य सञ्चालन भएको थियो । घिमिरेका अनुसार धान गोड्ने अवस्थामा पुगेका केही किसानहरुको खेतमा गवारो रोग देखा परेका छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?