Comments Add Comment

साउदीको जेलमा रहेका रामचन्द्रको उद्धारका लागि अभियान

दोहा । काभ्रेको कुशादेवी-२ का रामचन्द्र तिमिल्सिना १५ महिनादेखि साउदीको जेलमा छन् ।

ramchandraदुईवर्षअघि ड्राइभरको कामका लागि तिमिल्सिना साउदी पुगेका थिए । साउदी पुगेर ९ महिनादेखि ड्राइभरको काम गरिरहेका उनको गाडी दुर्घटनामा पर्‍यो । र, एक पाकिस्तानी नागरिकको ज्यान गयो । दुर्घटनापछि उनले जेल जिवनबिताईरहेको छन् ।

साउदी अदालतले लावरवाही तरिकाले गाडी चलाएर दुर्घटना गराएको भन्दै साउदी रियाल ३ लाख अर्थात नेपाली ९० लाख रुपैयाँ ब्लड मनी पीडित परिवारलाई दिनुपर्ने निर्णय सुनाएको बताईएको छ  ।

मिनिबस  किनेर नेपालमा नै कामगरिरहेका उनको कमाईले ऋण तिर्न नसकेपछि  उनिकतार  छिरेका थिए । कतारको काम र तलव चित्तन बुझेपछि १३ महिना कतारमाकाम गरेर उनी नेपाल फर्किए ।

कतारबाट फर्केर नेपालमा काम गर्न खोजे पनि ऋणको व्याज थपिएका कारण उनी फेरी त्यही ऋण र व्याज तिर्नकै लागि साउदी पुगे । २ छोराको भविश्यको सपना बोकेर साहुको ऋण तिर्ने आशामा साउदी पुगेका उनलाई समस्याले भने छाडेन ।

गाडी दुर्घटनाले निम्त्याएको उनको यो समस्या समाधानकालागी देश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग जुटाउन थालेका छन् । रामचन्द्रलाई जेलबाट छुटाउनअदालतले तोकेको ९० लाख जुटाउनका लागी प्रवासमा कार्यरत नेपालीहरु सक्रिय हुदैछन । तिमिल्सिना परिवार सबैको सहयोगको पर्खाइमा छ । उनलाई सहयोग गर्नका लागी राष्ट्रिय वाणिज्य बैंकको बनेपामा रहेको शाखाको खाता नं १८१०००३८९३१० मा पैसा जम्मा गर्न सकिने छ ।

चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिमा आबद्ध प्रवासमा रहेका संस्थाहरुले रामचन्द्र तिमिल्सिनाको सहयोगका लागि अभियान थालेका छन् । विभिन्न १० देशमा रहेका चितवनेहरुको संस्थाहरुले सम्वन्य गरेर रामचन्द्र बचाउ अभियानकालागि सहयोगमा जुटेका छन ।

तिमिल्सिनालाई सहयोग गर्न कतारमा रहेका काभ्रेलीहरु सक्रिय भएका छन । कतारमा रहेको काभ्रे सम्पर्क समितिले सहयोग संकलनशुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment