Comments Add Comment

तीन महिनाभित्र सरकारी अस्पतालमा छुट्टै औषधी कक्ष सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

Prachanda_2

२४ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभरका सबै सरकारी अस्पतालमा आफ्नो छुट्टै औषधी कक्ष स्थापना गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आइतबार सबै सचिवहरुलाई निर्देशन दिने क्रममा स्वास्थ्य सचिव शेनेन्द्रराज उप्रेतीलाई तीन महिनाभित्र जिल्ला तथा सो भन्दा माथिका सरकारी अस्पतालहरुमा छुट्टै औषधी कक्ष स्थापना गरी सर्वसाधारणलाई गुणस्तरीय औषधी प्रदान गर्न निर्देशन दिएका हुन् ।

सरकारले एकै छाताभित्र सबै सुविधा दिने नीति अन्तर्गत स्वास्थ्य मन्त्रालयलाई यही आर्थिक वर्षभित्रमा सो कक्ष स्थापना गर्न निर्देशन दिएको हो । सरकारी अस्पतालहरुमा छुट्टै औषधी कक्ष नहुदाँ सर्वसाधारण महँगो शुल्क तिरेर औषधी खरीद गर्न बाध्य छन् ।

‘उक्त निर्देशनमा तीन दिनभित्र नीति तथा कार्ययोजना प्रधानमन्त्री कार्यालयमा पेश गरी आउँदो तीन महिनाभित्रमा कार्यान्वयनमा आउने गरी देशभरका सबै अस्पतालमहरुमा छुट्टै फार्मेसी सञ्चालन गर्न भनिएको छ’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अनलाइनखबरसित भने ।

प्रधानमन्त्रीको निर्देश्ान अनुसारै अहिले मन्त्रालयमा कार्य योजना निर्माणको काम भइरहेको छ ।

छोटो समयमा नै सबै अस्पतालमा सरकारी फार्मेसी खोल्नु चुनौती भएपनि सम्भव भएको प्रवक्ता श्रेष्ठले स्पष्ट पारे । उनले भने,’थुप्रै सरकारी अस्पतालमा निजी फार्मेसी सञ्चालित भएको अवस्थामा उनीहरुलाई हटाएर सरकारले आपनो औषधी कक्ष राख्नु चुनौतीपूर्ण त छ । तर त्यसलाई कसरी व्यवस्थित गर्ने, कसरी बेचविखन गर्ने भनेर नियमन तथ अनुगमन गरेको खण्डमा यो पक्कैपनि सम्भव छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment