+
+
Shares

माओवादी निकट मञ्चले मलेसियामा अलपत्र परेकालाई साढे चार लाख क्षतिपूर्ति बाँड्ने

 रामचन्द्र नेपाल रामचन्द्र नेपाल
२०७३ साउन २४ गते १८:५२

Nepalese-workers-in-Malaysia

मलेसिया । मलेसियामा कम्पनी बन्द भई अलपत्र परेर करीब दुई वर्ष अगाडि नेपाल फर्किएका १७ नेपालीहरुलाई नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशिल मञ्च मलेसियाको पहलमा क्षतिपूर्ति वितरण गरिने भएको छ ।

मञ्चले मलेसियामा कार्यरत मानवअधिकारवादी संस्था तानागानितासँगको सहकार्यमा श्रमिकहरुलाई रकम वितरण गर्न लागेको हो ।

जनही एक हजार रिंगेटका दरले क्षतिपूर्ती रकम पाउनेहरुमा धनुषाका सन्तोष कुमार पण्डित, राम सागर यादव, विन्दु कपर, राम प्रताप राय अमत, मुहम्मद मुस्ताक, राम सागर महतो, राम विलास मण्डल, राम इश्वर यादव, देव नारायण मण्डल, उमेश मुखिया रहेका छन् ।

यसैगरी सप्तरीका अजित कुमार मण्डल, महेश कुमार यादव, शितल कुमार मण्डल, शिव शंकर मण्डल, सुखमोचन मण्डल, राम विला कामत र महोत्तरीका शम्भु महरा पनि क्षतिपूर्ति पाउनेहरुको सूचीमा छन् ।

एकमुष्ट रुपमा प्राप्त भएको रकम १७ हजार रिंगेट अर्थात करीब साढे चार लाख रुपैयाँ नेकपा माओवादी केन्द्र विदेश विभागको नाममा पठाइएको मञ्चका अध्यक्ष प्रेम पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।

‘स्वदेश फर्किएका साथीहरु अधिकांश सम्पर्कमा हुनुहुन्छ उहाँहरुले आ-आफनो परिचय खुल्ने कागजपत्र लिएर माओवादी केन्द्रमा सम्पर्क राख्न भनेका छौं,’ पाण्डेले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?