Comments Add Comment

उद्योग स्थापना गर्न सरकारले अनुदान दिने

२५ साउन, काठमाडौं । सरकारले स्थानीय कच्चा पदार्थ र सीपमा आधारित १५ स्थानमा उद्योग स्थापनाका लागि अनुदान दिने भएको छ । सरकारको ५० प्रतिशत लागत सहभागिता रहने गरी निजी क्षेत्रसँगको सहकार्यमा यस्ता उद्योग स्थापना गर्न लागिएको हो ।

working atसरकारको लागत सहभागिता रहने यस्ता उद्योग प्राकृतिक रेशाजन्य, कागज, जडीबुटी तथा मसला, खाद्य तथा पेय पदार्थ, सेरामिक लगायतका हुने उद्योग मन्त्रालयले जनाएको छ ।

सरकारले यस्ता उद्योगको नमुना परियोजनाहरू स्थापना गरी स्थानीय कच्चा पदार्थ र सीपमा आधारित उद्योगको विकास गर्ने लक्ष्य लिएको आजको कारोबार दैनिकमा समाचार छ ।

उद्योग सचिवबाट गतसाता सेवा निवृत्त भएका सूर्यप्रसाद सिलवालले आफ्नै देशमा उत्पादित कच्चा पदार्थको प्रयोग र सीपको विकास गरी औद्योगिक वातावरणको विकासका लागि यो अवधारणा ल्याइएको बताए ।

उनका अनुसार समान प्रकृतिका उत्पादनमा संलग्न निश्चित क्षेत्राधिकारका महिला उद्यमीलाई एकै ठाउँमा एकीकृत भै उत्पादन गर्न प्रेरित गर्ने लक्ष्य सरकारको छ ।

सरकारले ५० प्रतिशत लगानी गर्ने भएकाले यसमा निजी क्षेत्रलाई पनि हौसला मिल्ने नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले बताइन् ।

उनका अनुसार यस्ता नमुना परियोजनाले पुँजी अभावको कारण व्यवसाय सुरु गर्न नसकेका व्यवसायीहरूलाई पनि प्रोत्साहन मिल्नेछ । पूर्वसचिव सिलवालले सरकारको आधा लगानी भएपछि उद्यमीलाई पनि भार नपर्ने बताए । यो व्यवस्था उद्योग मन्त्रालयले छिट्टै लागू गर्दैछ ।

सरकारले औद्योगिक वातावरणलाई सुविधाजनक, लगानीमैत्री बनाई राष्ट्रिय उत्पादकत्व र रोजगारी वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग घोषणा गर्ने तयारी गरेको समेत उनले बताए । औद्योगिक व्यवसायसम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयकमार्फत राष्ट्रिय प्राथमिकता उद्योगहरू छनोट गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment