Comments Add Comment

बाँदरको बन्ध्याकरण !

shocking-treatment-birth-1

केही समय पहिले स्पेनमा बढ्दो परेवाको संख्या नियन्त्रण गर्नका लागि परेवालाई गर्भनिरोधक पिल्स दिन थालिएको खबर आएको थियो । गर्भनिरोधका लागि मान्छेले बन्ध्याकरण गरिदिने जिवमा बाँदर पनि थपिएको छ ।

भारतको आगरामा अहिले झण्डै ८ हजार भन्दा बढि बाँदर छन् । आउँदो ६ वर्षमा बाँदरको संख्या बढेर २ लाख १६ हजार पुग्ने अनुमान गरिएको छ । बाँदरको यस्तो बढ्दो संख्यालाई नियन्त्रण गर्नका लागि आगरामा बाँदरको बन्ध्याकरण सुरु गरिएको छ ।

आगरास्थित एक गैरसरकारी संस्थाले जिल्ला प्रशासन तथा आगरा विकाश प्राधिकरणसँग मिलेर बाँदरको प्रजनन नियन्त्रणका लागि बाँदरलाई गर्भनिरोधक खोप लगाउने अभियान सुरु गरेको हो ।

यो बाँदर बन्ध्याकरण खोप अभियान अन्तरगत अहिलेसम्ममा ५५२ बाँदरलाई पक्रिएर ती मध्ये ३१७ वटा बाँदरलाई खोप लगाइसकिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment