Comments Add Comment

नेपाली उच्चशिक्षा प्रर्बद्धन गर्न शुक्रबारबाट दुई दिने शैक्षिक मेला हुँदै

education-fair
२५ साउन, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा आगामी शुक्रबारबाट नेपालमा उच्च शिक्षा लिन चाहाने विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला हुने भएको छ ।

भिजन मिडिया इन्कर्पोरेशन र एजुकेशन डट कमले मेला गर्न लागेका हुन् । “नेपालमै उच्च शिक्षा हासिल गरौं” भन्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको हो ।

मेलाको मुख्य प्रायोजक इस्लिङ्टन कलेज रहेको छ । मेला आगामी शुक्रबार र शनिबार राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा चल्नेछ ।

२ दिन विहान १० बजेदेखि साँझ ६ बजेसम्म काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्विविद्यालयसँग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिनेछन् ।

बिबिए, एमबिए, बिआइटी, बिआइएम, बिएचएम, बिटिटिएम, बिबिएम, बिएसटिएम, बिएएसडब्लु, बिबिएस, बिएस्सी, सिएसआइटी, बिडेभ्स लगायत कोर्ष पढ्न चाहाने बिद्यार्थीे मेलाबाट लाभान्वित हुनेछन् ।

मेलामार्फत नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि विद्यार्थीहरुले निःशुल्क परामर्श लिन सक्नेछन् । मेलामा ४० भन्दा बढी कलेजहरु सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment