Comments Add Comment

जनजातिको माग सम्बोधन हुन्छ, शंका नगर्नुस्ः प्रचण्ड

Prachanda_2

२५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गरेर आदिवासी जनजाति र मधेसीका माग सम्बोधन गरिने भन्दै सरकारमाथि शंका नगर्न आग्रह गरेका छन् ।

औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले माग सम्बोधनका लागि नै संघीय गठबन्धनसँग सहमति गरेको बताए ।

उनले संघीय गठबन्धनसँग गरेको सहमतिअनुसार सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्नेमा विश्वस्त हुन आग्रह गरे ।

आदिवासी जनजाति र मधेसी लगायतका समुदायले संविधानमा आफ्नो पहिचान स्थापित भएको महसुश नगरेसम्म मुलुकको राष्ट्रिय एकता मजबुत हुन नसक्ने प्रचण्डले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधानले कुनैपनि जातजाति र भाषाभाषीमाथि विभेद नगरेको बताए । उनले नयाँ माग राख्नतिर भन्दा प्राप्त उपलब्धीकोे संरक्षण गर्नतिर ध्यान दिन आदिवासी जनजातिका अगुवासँग आग्रह गरेका छन् ।

आदिवासी जनजातिहरुले संविधानको कार्यान्वयनमा सहयोगी भूमिका खेले पहिचान कायम गर्न कांग्रेसले सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा आदिवासी जनजातिका अगुवाहरुले जातीय पहिचानको विषयलाई नकारात्मक रुपमा नलिन आग्रह गरेका थिए । उनीहरुले प्रमुख दलका शिर्ष नेतामाथि एकल जातीयवादी बनेको आरोप समेत लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment