Comments Add Comment

रंगकर्मी सुनील पोखरेल अस्पताल भर्ना

sunil pokhrel1२६ साउन, काठमाडौं । रंगकर्मी सुनील पोखरेलको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको छ ।

राति १ बजे ललितपुर सुनाकोठीस्थित घरमा बेहोस भएपछि उनलाई थापाथलीको नर्भिक अस्पतालमा आईसीयूमा भर्ना गरिएको हो ।

चिकित्सकले ‘सिजर अट्याक’ भएको बताएको सुनीलकी श्रीमती एवं रंगकर्मी निशा शर्माले जानकारी दिइन् । तर, के कारणले अट्याक भएको भन्ने खुल्न सकेको छैन । सिटी स्क्यान र ईसीजी गराउँदा कुनै समस्या नदेखिएको र न्युरो चिकित्सकले हेर्न बाँकी रहेको उनले बताइन् ।

उनको स्वास्थ्य अवस्था अहिले सन्तोषजनक रहेको चिकित्सकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment