Comments Add Comment

बार्सिलोनाको टिम अहिलेसम्मकै उत्कृष्टः प्रशिक्षक इनरिके

Luis-Enrique

काठमाडौं । बिहीबार हुने जोन ग्याम्पर ट्रफी अन्तर्गत साम्पदोरियाबिरुद्धको खेलसँगै बार्सिलोनाले सिजनको पारम्परिक सुरुवात गर्दैछ । यता बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेको मान्यता यो छ कि आगामी सिजनका लागि बार्सिलोनालाई चौथो स्ट्राइकरको आवश्यकता छैन ।

प्रशिक्षक इनरिके बार्सिलोनाको अहिलेको टिमसँग निक्कै सम्तुष्ट छन् । उनले भनेका छन् कि सन् २०१४ मा टिम संहालेयताको तेस्रो सिजन सुरु हुदै लाग्दा अहिलेसम्म आफुले हेरेकामध्ये सबैभन्दा उत्कृष्ट टिम अहिलेको हो ।

उनले भने, ‘म जहिलेपनि राम्रो टिम बनाउन केन्दि्रत हुन्छु । र अहिले मैले हेरेपछिको सबैभन्दा उत्कृष्ट टोली पाएको छु ।’

पत्रकार सम्मेलनमा इनरिकेले भनेका छन् कि ‘ट्रान्सफर मार्केट खुलिरहेका बेला हामीले सुधारका लागि प्रयास गर्न सक्थ्यौं । तर सायद त्यस्तो भएन ।’ उनले निश्कर्ष निकाले, ‘हामीसँग मौजुद प्रतिभा हाम्रा लागि पर्याप्त छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment