Comments Add Comment

‘गाँठो’को चित्रकला प्रतिस्पर्धा, विजेतालाई ५० हजार पुरस्कार

gatho paniting competiotion
भदौ ३१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गाँठो’को निर्माणपक्षले चलचित्र प्रचारका लागि विभिन्न उपाय अपनाइरहेको छ । चलचित्रको तर्फबाट आयोजना गर्न लागिएको चित्रकला प्रदर्शनीको कार्टुनिस्ट बात्स्यानले उद्घाटन गरेका छन् ।

यस अघि गीतको भिडियो प्रतियोगीताको घोषणा गरिसकेकेा चलचित्रको निर्माणपक्षले विद्यालय, कलेज र खुल्ल्ाा स्तरमा गरि तीन तह प्रतियोगीता घोषणा गरेको छ ।

कार्यक्रममा बोल्दै चलचित्रका कलाकार नाजिर हुसेनले आफूले चलचित्रमा पात्र अब्जरवेशनका लागि महिनौ दिन खर्चेको बताउँदै पहिले आफूले पेन्टिक हेर्ने गरेको तर अहिले बुझ्न थालेको बताए ।

त्यस्तै निर्देशक सुरज भुषालले चलचित्रको थिम नै पेन्टिङ्ग भएको र आफूले लेखन र निर्देशन गर्दा धेरै फाइन आर्ट कलाकारसँग संगत गरेको र आफूलाई पनि केही गर्न मन लागेकोले यो प्रतियोगीता आयोजना गरेको बताए ।

स्कुल, कलेज र खुला गरि तीन तहमा गर्न थालिएको प्रतियोगीतामा क्रमशः नगद रु. ५००००, ३५,००० र २५,००० रकम विजेताले पाउनेछन् । साथै देशभरबाट जम्मा भएका पेन्टिङ्गहरु मध्ये प्रत्येक विधाबाट दश-दश गरि जम्मा तीसवटा पेन्टिङ्ग आर्ट ग्यालरीमा प्रदर्शनीमा राखिनेछ । सबै पेन्टिङ्गहरुको अन्तिम मुल्यांकन दुर्गा बराल ‘वात्स्यायन’ले गर्नेछन् ।

नाजिर हुसेन, नम्रता श्रेष्ठ, अभय बरालको मुख्य भूमिका रहेको यो चलचित्रले अहिले चर्चा पाइरहेको छ । बटवाल इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रलाई तिलक क्षेत्री र नृपेन्द्र जोशीले मिलेर बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment