बार्सिलोना । विश्वभर रहेका नेपालीहरुलाई संगठित गर्दै गएको गैरआवासीय नेपाली संघले आफ्नो आकारलाई झनै बढाउँदै लगेको छ। राष्ट्रिय समन्वय परिषद ब्राजिल थपिए पछि एनआरएनको आकार झनै ठुलो बनेको हो। ७३ बटा देशमा फैलिएको गैर आबासीय नेपाली संघ ब्राजिलमा पनि गठन भए पछि अब संख्या ७४ मा पुगेको छ।
हालै सम्पन्न एक भेलाले गणेश प्रसाद गुरुङको अध्यक्षतामा एनआरएनए ब्राजिल गठन भएको छ। समितिको उपाध्यक्षमा शिला गुरुङ, महासचिव होम बहादुर गुरुङ, सचिब नवराज रेग्मी, कोषाध्यक्षमा साहस चौधरी चयन भएका छन्।
यस्तै संघको प्रबक्तामा सन्देश लामिछाने, महिला संयोजक दिपशिखा कार्की, युवा संयोजक शंकर बास्कोटा, महिला सहसंयोजक मिन कुमारी गुरुङ, युवा सहसंयोजक जीवन गुरुङ, सदस्यहरु बिक्रम गुरुङ, धन बहादुर गुरुङ, देवराज भट्टराई, सिजन गुरुङ र इन्द्र गुरुङ चयन भएका छन्। संघको सल्लाहाकारमा चन्द्र गुरुङ, अमर आले मनोनयन भएका छन् ।
प्रतिक्रिया 4