+
+
Shares

भाजपा वरिष्ठ नेताको हत्या प्रयास, गोली लागेर गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २८ गते ७:३७

bjp_leader_attack२८ साउन, काठमाडौं । भारत उत्तर प्रदेशको गाजियावादमा भारतीय जनता पार्टीका एक वरिष्ठ नेताको हत्या प्रयास भएको छ ।

भाजपा नेता बजपाल तेवतियालाई लक्षित गरी एके ४७ राइफल मार्फत् गोली चलाइएको थियो । गोली लागेर नेता बजपाल र उनका सुरक्षागार्ड गम्भीर घाइते भएका छन् । उनीहरुको अवस्था चिन्ताजनक छ ।

‘उनीहरुलाई नोएडाको के फोर्टिस अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ र उनीहरु जीबन-मरणका लागि संघर्ष गरिरहेका छन्,’ बीबीसी हिन्दीले लेखेको छ ।

उत्तर प्रदेश प्रहरी अधिकारीका अनुसार बिहीबार राति अबेर दुईवटा गाडीमा आएका व्यक्तिहरुले नेता बजपालमाथि अचानक गोली चलाएका थिए । उनीहरुले बजपालको गाडीलाई घेरेर एके४७ र पिस्तोलले धेरैबेरसम्म अन्धाधुन्द गोली चलाएका थिए । जवाफमा नेता बजपालको अंगरक्षकले पनि धेरैबेर फायर गरेका थिए । घटनामा भाजपा नेता र उनका अंगरक्षकसहित सात जना घाइते भएका छन् ।

आक्रमण लगत्तै सबै आक्रमणकारी भाग्न सफल भएका छन् । प्रहरीले अनुसन्धान जारी राखेको छ र छिट्टै आक्रमणकारी पक्राउ पर्ने जनाएको छ ।

प्रहरीले घटनाको पछाडि पुरानो दुश्मनी हुनसक्ने अनुमान गरेको छ । बजपाल तेवतिया भारतीय जनता पार्टीका एक वरिष्ठ नेता हुन् । सन् २०१२ मा मुरादनगर विधानसभा चुनावमा पनि उनी लडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?