Comments Add Comment

८० हलमा विराजको ‘जय परशुराम’ रिलिज

biraj bhatta and nisha adhikari
दोधारकाविच नायक विराज भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘जय परशुराम’ देशभरका करिब ८० हलमा रिलिज भएको छ । बिहिबारसम्म चलचित्र लाग्छ या लाग्दैन भन्ने दोधार थियो । तर, चलचित्र ‘परशुराम’को निर्माण कम्पनीले रोजको चलचित्र कम्पनीलाई विपक्षी बनाएर मुद्दा दायर गरेको थियो । अदालतले भदौ १ गते भन्दा अगाडि चलचित्र रिलिज, प्रचार नगर्नु भन्दै आदेश जारी गरेको थियो ।

निर्माता रोज राणाले भने चलचित्र रिलिज हुन्छ भन्दै अड्डी लिएका थिए । जसअनुरुप आजबाट यो चलचित्र देशभरका अधिकांश हलमा रिलिज भएको छ ।
नायक विराज भट्ट ५ बर्षपछि नेपाली चलचित्रमा फर्किएका हुन् । नीशा अधिकारी र रविन तामाङ पनि चलचित्रको मुख्य भूमिकामा छन् ।

मौनता श्रेष्ठले लेखेको कथामा रोजले यो चलचित्र बनाएका छन्, जसमा विराज पूर्ण रुपमा एक्सन अवतारमा देखिएका छन् । आजै नै चलचित्र पत्रकारका लागि पनि विशेष शोको आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment