Comments Add Comment

साहरुख र सलमानसँग नजिकिदै परिणिती, के लिन खोज्दैछिन् प्रियंकाको स्थान ?

pareeniti chopra
आफ्नो तौल घटाएर स्लिम बनेकी बलिउड नायिका परिणिती चोपडा अहिले नायक साहरुख खान र सलमान खानसँग नजिक देखिएकी छिन् । यी दुई नायकसँग नायिका प्रियंका चोपडा पनि नजिक थिइन् । तर, अहिले प्रियंका हलिउड पुगिसकेकी छिन् । उनले बलिउड चलचित्रमा समय दिन छाडेकी छिन् ।

परिणिती अहिले उनै दिदी प्रियंकाको बाटो पछ्याइरहेकी छिन् । भारतीय मिडियाका अनुसार परिणितीले चाडै नै नायक साहरुख खानसँग काम गर्नेछिन् । प्रियंकाले साहरुखसँग केही चलचित्रमा काम गरिन्, जुन सफल पनि भयो ।

साहरुख र सलमानसँग नजिक भएकी परिणितीको अहिले बलिउडमा सक्रियता पनि देखिएको छ । केही बर्ष अगाडिसम्म बलिउडमा मोटी नायिका भनेर मिडियाले उनको चर्को आलोचना गरेको थियो । तर, अहिले उनले शरीरलाई पूर्ण रुपमा मेन्टेनमा राखेपछि चर्चित ब्यानर र नायकले पनि पत्याउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment