Comments Add Comment

चिनियाँ कम्पनी हुवेई सनलाइटविरुद्ध प्राधिकरणको मुद्दा

३० साउन, काटमाडौं । नेपाल विद्युत् प्राधिकरणले गुणस्तरहीन ट्रान्सफर्मर उपलब्ध गराउने चिनियाँ कम्पनी हुवेई सनलाइट इलेक्ट्रोनिक्सविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

Nepal-Electricity Authorityआर्बिट्रेटर (मध्यस्थकर्ता)ले गरेको प्रतिस्थापन गर्र्ने निर्णय कार्यान्वयन गर्न अटेरी गरेको भन्दै प्राधिकरणले मुद्दा दायर गरेको हो ।

गुणस्तरहीन ट्रान्सफर्मर पठाएर कम्पनीले ‘लोड र नो लोड लस’ गराएको भन्दै पुनरावेदन गए पनि अदालतले मध्यस्थकर्ताकै निर्णय सदर गराएको थियो । निर्णयअनुसार प्रतिस्पर्धासमेत नगरेपछि यसको निर्णय कार्यान्वयनका लागि जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्राधिकरणको कानुन महाशाखा प्रमुख रमेश घिमिरेले जानकारी दिएको अाजको कारोबार दैनिकमा समाचार छ ।

गुणस्तरहीन ट्रान्सफर्मर पठाउने क्रममा भएको बदमासी स्वीकार गर्दै प्राधिकरणसमक्ष लिखित प्रतिबद्धता गरेपछि तीन वर्षअघि सेप्टेम्बरमा सञ्चालक समितिले प्रतिस्थापन गर्ने निर्णय गरेको थियो ।

आर्थिक वर्ष ०६७/६८ मा हुवेईमार्फत विश्व बैंकको सहयोगमा ७ सय ३५ थान तथा प्राधिकरणले १ हजार २ सय ६० थान ट्रान्सफर्मर खरिद गरेको थियो, जसका लागि हुवेईलाई १६ लाख २ हजार डलर भुक्तानी दिइएको थियो ।

जसमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक रामेश्वर यादवसहित २१ कर्मचारी र हुवेईका दुई प्रतिनिधिलाई दोषी देखाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि यसलाई ट्रान्सफर्मर प्रकरणका रूपमा चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment