+
+

सुख्खा पहिरोले गाउँ जोखिममा

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३० गते ९:११

landslide३० साउन, धादिङ । पानी रोकिएर घाम चर्केको अवस्थामा गाउँमाथिबाट पहिरो झर्दा उत्तरी धादिङको मूलपानी गाविस वडा नं ३ खण्डेचौरवासी जोखिममा परेका छन् ।

शनिबार दिउँसो गाउँमाथिबाट पहिरो आउँदा तीन घरलाई क्षति पुर्याएको छ भने १५ घर जोखिममा परेको स्थानीयवासी शोभा बस्नेतले जानकारी दिए ।

घाम लागिरहेका बेलामा पहिरो आएपछि भागाभाग गरेर ज्यान बचाएको र गाउँवासी सबै घर छाडेर छिमेकी गाउँमा शरण लिन गएको बस्नेतले बताए ।

गत वर्षको भूकम्पपछि सो गाउँ जोखिममा रहे पनि गाउँवासी बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?