Comments Add Comment

आइसक्रिम चोर पत्ता लगाउनेलाई ५ लाख पुरस्कार

icecream_shopन्युयोर्कका एक अर्बपतिले आइसक्रिम चोर पत्ता लगाउनेका लागि ५ हजार डलर पुरस्कारको घोषणा गरेका छन् ।

जोन क्याट्समतिदिस किराना सामानको कारोबारका लागि निकै चर्चित नाम हो । उनी मेयर पदको चुनाव पनि लडिसकेका व्यक्ति हुन् ।  अाफ्नो टि्वटर मार्फत जोनले पुरस्कारको घोषणा गरेका हुन् ।

न्युयोर्कमा तातो हावा चलेका कारण हालैका दिनहरुमा तापक्रम बढेको छ  र ४३ डिग्री सेल्सियस सम्म पुग्ने आशंका गरिएको छ ।

जोनका अनुसार चोरहरुले उनको होलसेल दुकानबाट आइसक्रिमका कार्टुन चोरेर लैजान्छन् र त्यसलाई साना साना पसलमा लगेर बेच्दछन् । त्यस्ता साना पसललाई बोदगास भनिन्छ ।

पुलिसका अनुसार अहिलेसम्म आइसक्रिमको कार्टुन चोरी भएका विभिन्न अढाइ सय उजुरी परिसकेका छन् । यस मामिलामा १ सय ३० जना पक्राउ परिसकेका छन् ।

गि्रसटेड्स सुपरमार्केटका मालिक जोनका अनुसार यी चोरहरुले न्युयोर्कका सुपरमार्केट ध्वस्त पारिरहेका छन् । यस्ता चोरहरुलाई बोदगासले उक्साउने गरेका छन् ।

यो हप्ता उनको सुपरमार्केटबाट आइसक्रिम चोर्ने कोसिस भयो । चोरको त्यो कर्तुत क्यामरामा कैद भयो । एक पुरुष र एक महिला चोरले आइसक्रिमका ४० डिब्बा आफ्नो थैलीमा हालेर पसलबाट भागे । तर जब ती आइसक्रिम चोरलाई पसलका कर्मचारीहरुले लखेटे तब उनीहरु आइसक्रिम सबै बाटोमै छाडेर सुइँकुच्चा ठोके ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment