Comments Add Comment

सरकारले पडि्कन सक्ने २ सय ग्यास सिलिन्डर नष्ट गर्ने

३१ साउन, काठमाडौं । धादिङमा बोटलिङ प्लान्ट रहेको सिद्धार्थ ग्यास उद्योगका २ सय २ वटा जोखिमयुक्त ग्यास सिलिन्डरलाई नष्ट गरिने भएको छ ।

gasआपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले जोखिमयुक्त ठहर भएका २ सय २ वटा सिलिन्डर नष्ट गर्ने निर्णय गरेको हो ।

गत फागुनमा सरकारले जफत गरेका ६ सय सिलिन्डरमध्ये २ सय वटा ‘सिलिन्डर बम’ जस्तै भएको निश्कर्ष सरकारले निकालेको छ ।

विभिन्न भाग कुच्चिएका, आकार अस्वभाविक भएका र विभिन्न भागहरुमा क्षति भएर प्रेशर थेग्न नसक्ने स्थितिमा रहेका सबै सिलिन्डरलाई नष्ट गर्न विभागले एक प्राविधिक टोली पठाउन लागेको छ ।

धादिङमा अवस्थित उद्योगमा सिल गरिएका ति सिलिन्डरलाई केही दिनभित्रै विभिन्न पक्षको रोहबरमा नष्ट गरिने विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए । ‘यि सिलिन्डर उपभोक्ताको भान्छासम्म पुग्न योग्य छैनन् । अवस्था हेर्दा जतिबेला पनि यी पडि्कन सक्ने पुष्टी भएकाले यसलाई नष्ट गर्ने निर्णय गरेका हौं’ श्रेष्ठले भने ।

सरकारले गठन गरेको प्राविधिक टोलीले नै सिद्धार्थका २ सय २ वटा सिलिन्डर ततकाल नष्ट गर्नुपर्ने सिफारिस गरेको थियो ।
गत फागुन १२ गते तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुन नेतृत्वको अनुगमन टोलीले सिद्धार्थ ग्यास उद्योगमा भेटिएका ६ सय सिलिन्डर जोखियक्त हुन सक्ने आशंकमामा सील गरेको थियो । त्यसमध्ये २ सय वटा सिलिन्डर भने अत्याधिक जोखियुक्त ठहर भएको हो ।

गतवर्ष नाकाबन्दीका बेलामा उद्योगले यही सिलिन्डरमा ग्यास भरेर बजार ल्याउने तयारी गर्दै गर्दा जफत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment